नेप्से परिसूचक २६.५६ अङ्कले घटेर राताम्मे-Sutra News

नेप्से परिसूचक २६.५६ अङ्कले घटेर राताम्मे

मंगलबार, ५ असार २०८०

मंगलबार, ५ असार २०८०

मंगलबार सेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । सेयर बजारमापक नेप्से परिसूचक नेप्स आज २६.५६ अङ्कले घटेर २०६४.८३ बिन्दुमा झरेको छ ।



लगानी, उत्पादन र व्यापार समूहको सेयर सामान्य बढे पनि अरु सबै समूहको सेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक र बीमा समूहको सेयर उच्च अङ्कले घटेको छ ।
बजारसँगै कारोबार रकम पनि घटेको छ । २६८ वटा कम्पनीका एक करोड सात लाख ९२ हजार कित्ता सेयर चार अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै निफ्राको २० करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भयो । आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट