सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । धनगढीबाट बझाङतर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा सिंहको निधन भएको हो ।
दुर्घटना स्थलबाट सदरमुकाम चैनपुरतर्फ लैजाँदै गर्दा डेउरा भन्ने बजारमा मन्त्रीको निधन भएको हो । घटनास्थलबाट अढाई किलोमिटर दूरीमा रहेको पोलिक्लिनिकमा उनलाई मृत घोषणा गरिएको हो ।
दुर्घटना स्थलबाट उद्धार गरेर ल्याउँदै गर्दा बोलिरहेका मन्त्रीको पोलिक्लिनिकमा उपचारको क्रममा ज्यान गएको र अरू तीन जना घाइते गम्भीर रहेको बुझिएको छ ।
धनगढीबाट बझाङ गइरहेको सवारी साधन दुर्घटनामा मन्त्री पृथ्वीबहादुर सिंहलगायत पाँच जना थिए । सडकबाट करिब ५० मिटर तल नदी किनारमा खसेको अवस्थामा गाडी फेला परेको हो ।
मन्त्रीको टोली हिजो धनगढीबाट अन्य जिल्ला हुँदै आज बझाङ गइरहेका थिए । बझाङ पुग्नु अगावै बीच बाटोमा उनी चढेको सवारी साधन दुर्घटनाग्रस्त भएको हो ।