नेपालले पायो २०८ रनको लक्ष्य-Sutra News

नेपालले पायो २०८ रनको लक्ष्य

मंगलबार, ५ असार २०८०

मंगलबार, ५ असार २०८०

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।



जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो। अमेरिकाका लागि शायन जहानगिरले ७९ बलमा सर्वाधिक अविजित १०० रनको शतकीय ईनिङ खेले ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट लिए ।

दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ । उता, अमेरिका पनि सोही सोचका साथ मैदान उत्रेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट