श्रीलङ्का सवारी दुर्घटना : एक वर्षमा एक हजार ४३ जनाको मृत्यु-Sutra News

श्रीलङ्का सवारी दुर्घटना : एक वर्षमा एक हजार ४३ जनाको मृत्यु

मंगलबार, ५ असार २०८०

मंगलबार, ५ असार २०८०

श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल ८,८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दिर्घटनामा १,०४३ जनाको मृत्यु भएको छ । यातायात मन्त्री लासान्था अलागियावान्नाले सोमबार सो जानकारी गराएको छ ।



यी दुर्घटनामा अधिकांश बस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारी साधन रहेको पनि मन्त्रीले सञ्चारमाध्यमलाई बताएका छन् ।

यसैबीच दुर्घटना न्यूनीकरणका लागि सहकार्यात्मक कार्ययोजना अघि बढाइएको छ । सोमबारदेखि आइतबारसम्म पश्चिमाञ्चल प्रदेशमा लागूऔषध सेवन गरी सवारी चलाएको आशङ्कामा एक हजार ७८१ चालकको परीक्षण गरिएको छ ।

श्रीलङ्कामा सन् २०२२ मा करिब १९ हजार ७४० सडक दुर्घटना भएको थियो जसमा दुई हजार ४८५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट