प्रकाश सपुतको पछिल्लो चर्चित तथा विवादित रिलिज ‘सकम्बरी’ गीतकी फिमेल लिड कुसुम शर्मामा सिनेमा डेब्यू पक्का भएको छ।
दिनेश श्रेष्ठको चौथो निर्देशकिय सिनेमा ‘संजीवनी’मा उनी अनुबन्धित भएकी हुन्।
निर्देशक श्रेष्ठले फेसबुकबाट थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरेका हुन्।
सिनेमामा कुसुमको जोडी अभिनेता आर्यन सिग्देल बन्दैछन्।
सार्वजनिक पोस्टरमा ‘के सम्बन्धको अर्थ हुन्छ?’ भनेर अंग्रेजीमा प्रश्न सोधिएको छ।
यसबाट सिनेमाले जवान कुसम र अधवैशे आर्यनको प्रेमकथा पस्कने देखाएको छ।
सिनेमामा आर्यन र कुसुमका अलावा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ तथा अनुसुया श्रेष्ठ आदिको प्रमुख भूमिका हुनेछ।
सिनेमा भदौबाट फ्लोरमा जाने जानकारी निर्देशक श्रेष्ठले सुत्रन्यूजलाई दिएका छन्।
सिनेमाका प्रस्तुतकर्ता आशिष सुवेदी हुन भने सिनेमा सिल्भर लेक पिक्चर्जले निर्माण गर्दैछ।