काठमाडौं महानगरपालिकाकी शिक्षा सल्लाहकार रेशु अर्यालले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनी १० महिना पहिलो शिक्षा सल्लाहकारमा नियूक्त भएकी थिइन्।
उनले हिजो मंगलबार आफ्नो राजीनामा बुझाएकी हुन्।
रेशुले फेसबुकमा एक स्टाटस लेख्दै आफूले १० महिनाको अवधिमा काठमाडौं महानगरपलिकाको शिक्षाको लक्ष्य प्राप्तिमा सक्दो सहयोग गरेको बताएकी छन्।
उनले हालै दिनहरुमा मेयर बालेन शाहले लिएका निर्णय र तिनका प्रक्रिया तथा शैलीहरु आफ्नो मान्यता विपरित भएको र तिनमा आफू सहमत हुन नसक्ने भएकाले राजीनामा दिएको बताएकी छन्।
‘उहाँलाई शुभकामना दिदैं यो पदलाई मैले त्यागेकी छु। र, योसँगै यो शहरको नागरिक तथा मतदाता हुनुको नाताले उहाँलाई सँधै लोकतान्त्रिक विधि, उचित तथा इमानदार लगनशिलता र कानुनी शासनको पालना र स्थानीय सरकारको सिमितता बुझ्न, कुनै पनि निर्णय गर्नु अघि गहन अनुसन्धान गर्न अनुरोध गर्छु’, उनले स्टाटसमा लेखेकी छन्।
यसैगरी उनले मेयर बालेनलाई भयरहित स्वस्थ्य, समतामूलक र लोकतान्त्रिक समाजको निर्माण गर्न पनि सुझाव दिएकी छन्।