पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो : राजदूत सोङ-Sutra News

पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो : राजदूत सोङ

बुधबार, ६ असार २०८०

बुधबार, ६ असार २०८०

नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।



पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक भएको अन्तर्राष्ट्रिय जहाज अवतरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको बताएका हुन् ।

यसअघि सोही विमास्थलको उद्घाटनका बेलामा पनि उनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत रहेको बताएका थिए ।

उनका अनुसार चीनकै डिजाइन र सहयोगमा सो विमानस्थल बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट