काठमाडौं । कोही विद्यार्थी वा शिक्षकको निधन भएमा सोही विद्यालयमा मात्र शोकसभा राख्ने गरिन्छ । त्यसरी नै संसदीय अभ्यासमा पनि प्रदेशका सांसदको निधन हुँदा सम्बन्धित प्रदेशमा मात्र शोक प्रस्ताव पारित गरिने अभ्यास हालसम्म थियो ।
तर आज प्रतिनिधिसभामा नयाँ अभ्यास सुरुवात भएको छ । सुदूरपश्चिम सरकारका बहालवाला मन्त्रीको निधनमा प्रतिनिधिसभाका माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गरी ३० मिनेटका लागि बैठक स्थगन गरिएको थियो ।
प्रदेशसमभामा निर्वाचित भएका तथा बहालमा रहेका सांसद वा मन्त्रीको निधनमा पहिलो पटक प्रतिनिधिसभाले प्रस्तावक पारित गरी बैठक स्थगन गरिएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको निजी सचिवालयले जनाएको छ ।
बझाङ १ (क) बाट निर्वाचित सुदूरपश्चिमसभा सदस्य तथा प्रदेशमन्त्री समेत रहेका सिंहको मंगलबार बझाङमा सवारी दुर्घटना हुँदा निधन भएको थियो ।