नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज पेशी तोकिएको छ ।
वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको केही घण्टा अगाडि जारी गरिएको विधेयकको विरुद्वमा राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमा आज सुनुवाइ हुन लागेको हो ।
उक्त मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको उक्त विधेयक विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि नागरिकता नपाएका नागरिकहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन जारी राखेका छन् ।
एक जनाले आत्मदाह प्रयास समेत गरेका थिए भने नागरिकता बिहिनहरुले सर्वोच्च अदालत अगाडि प्रदर्शन देखि लिएर माइतीघरमै पटकपटक प्रहरीसँग मुठभेड समेत भैरहेको समयमा दुई पटक हेर्न नमिल्नेमा परेको उक्त मुद्दामा आज सुनुवाइ तोकिएको हो ।
राष्ट्रपति पौडेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
उक्त नागरिकता विधेयक प्रमाणीकररण संविधान र व्यवस्थाको विरुद्धमा भएको भन्दै उनीहरुले सर्वोच्चमा रिट निवेदन लगेका हुन् । उक्त मुद्दामा सर्वोच्चले यसघि अन्तरिम आदेश दिएको थियो ।