आईसीसी विश्वकप छनोट: वेस्टइन्डिजविरुद्व नेपालले लियो दुई विकेट-Sutra News

आईसीसी विश्वकप छनोट: वेस्टइन्डिजविरुद्व नेपालले लियो दुई विकेट

बिहिबार, ७ असार २०८०

बिहिबार, ७ असार २०८०

आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ ।



टस जितेर पहिले बलिङ रोजेको नेपालले खेलको सुरुवातमै वेस्टइन्डिजलाई झट्का दिएको छ ।

नेपालका लागि १.३ ओभरमा केयल मेयर्सलाई ४ बलमा १ रन बनाएको अवस्थामा करण केसीले   कुशल भुर्तेलबाट क्याच गराएर पवेलियनको बाटो देखाए ।

लगत्तैको अर्को ओभरमा गुलशन झाले चौथो ओभरको पहिलो बलमै वेस्टइन्डिजका जोनशन चार्ल्सलाई आशिफ शेखको हातबाट क्याच आउट गराएर पवेलियन फर्काइदिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट