हिन्दी सिनेमा चलाउने बाटो खुल्यो, उच्च अदालतले दियो यस्तो अन्तरिम आदेश-Sutra News

हिन्दी सिनेमा चलाउने बाटो खुल्यो, उच्च अदालतले दियो यस्तो अन्तरिम आदेश

बिहिबार, ७ असार २०८०

बिहिबार, ७ असार २०८०

चलचित्र संघले हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।



बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दले रिटमा अन्तरिम आदेश जारी गरेका हुन्।

आदेशमा हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनू, यथास्थितिमा चल्न दिनु भनिएको छ।

अदालतले छलफलका लागु असार १२ गते दुबै पक्षलाई बोलाएको छ।

हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा निषेधाज्ञाको मुद्दा दायर गरेका थिए।

सोमबारबाट महानगरभित्रका हलहरुमा हिन्दी सिनेमा प्रदर्शन गर्न रोक लगाइएको थियो। त्यसयता अन्य नगरहरुले पनि महानगरलाई अनुशरण गर्दै हिन्दी सिनेमाको प्रदर्शन रोकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट