अन्तरिम आदेशमै बालेनको चर्को प्रतिक्रिया, भने- निर्णय मान्दिन हिन्दी फिल्म चल्दैन-Sutra News

अन्तरिम आदेशमै बालेनको चर्को प्रतिक्रिया, भने- निर्णय मान्दिन हिन्दी फिल्म चल्दैन

बिहिबार, ७ असार २०८०

बिहिबार, ७ असार २०८०

हलबालाहरुको छाता संगठनले हिन्दी सिनेमा चलाउन नदिने निर्णयका विरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद दिएको रिटमा अन्तरिम आदेश दिदैं हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनू, यथास्थितिमा चल्न दिनु भन्ने आदेश दिएपछि बालेनले उक्त आदेश नमान्ने प्रतिक्रिया दिएका छन्।
फेसबुकमा स्टाटस लेख्दै बालेनले देशको सार्वभौमिकता र स्वाधिनताको हवाला दिदैं कुनै कानुन र अदालत नमान्ने बताएका छन्।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, उनले स्टाटस लेखेका छन्।
यसैगरी बालेनले सिनेमाका लेखकले नेपाल भारतको अधिन भएको भन्ने अभिव्यक्तिले उनीहरुको(भारत)को नियत थाहा हुन्छ समेत भनेका छन्।
उनले यो स्थितिना फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुमाल भएको बुझिने भनेका छन्।
‘फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ’, उनको स्टाटसमा लेखिएको छ।
उनले यो नमानेबापत जस्तोसुकै सजाय भोग्न तयार भएको पनि बताएका छन्।
यस्तो छ उनको स्टाटस्
जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट