फिल्म नचलेपछि पारिश्रमिक घटाउन बाध्य भए यी बलिउड स्टार, कसको कति घट्यो?-Sutra News

फिल्म नचलेपछि पारिश्रमिक घटाउन बाध्य भए यी बलिउड स्टार, कसको कति घट्यो?

बिहिबार, ७ असार २०८०

बिहिबार, ७ असार २०८०

पछिल्लो समय बलिउड कलाकारको सफलता-असफलताले उनीहरुको पारिश्रमिकमा पनि उतारचढाव आउन थालेको छ।



कोरोनायता बलिउड सिनेमाहरु वक्सअफिसमा निरन्तर असफल हुने दर बढ्दो क्रममा रहेको छ। ब्रान्ड र ठूला स्टार भनिएका कलाकारहरुको उपस्थिति सिनेमा चल्ने आधार भत्कन थालेको छ। यसको अस उनीहरुले सिनेमा खेलेबापत लिने पारिश्रमिकमा पर्न थालेको छ।

यसको पछिल्लो उदाहरण हुन अभिनेता शाहिद कपुर।

उनले पारिश्रमिक घटाएको खबर आएको छ । त्यसअघि अक्षय कुमारको नाम पनि आएको थियो। अहिले सामाजिक सञ्जालमा एउटा ट्विटको चर्चा छ, जसमा शाहिदसँगै केही अन्य टप बलिउड स्टारहरूले आफ्नो पारिश्रमिक घटाएको बताइएको छ ।

ट्वीट अनुसार रणवीर सिंह, शाहिद कपूर र कृति सेननसँगै वरुण धवनले आफ्नो पारिश्रमिक घटाएका छन्।

विदेशमा रहेका फिल्म समीक्षक उमैर सन्धुले यो कुरा आफ्नो ट्विटमा उल्लेख गरेका छन्।

कसको कति घट्यो त पारिश्रमिक?

रणवीर सिंहः

‘जयेश भाई जोरदार’ र ‘सर्कस’ जस्ता फिल्म असफल भएपछि रणवीर सिंहको चमक घटेको छ । उनले आफ्नो पारिश्रमिक ४० करोडबाट घटाएर प्रति फिल्म ३० करोड गरेको बताइएको छ ।

शाहिद कपूरः

गत वर्ष शाहिद कपूरको ‘जर्सी’ फ्लप थियो। ओटिटीमा भर्खरको ‘ब्लडी ड्याडी’ले पनि अपेक्षाहरू पूरा गर्न सकेन। यो फिल्मका लागि उनले ४० करोड पारिश्रमिक लिएको बताइएको छ । अब उनले आफ्नो आगामी सिनेमाका लागि आफ्मो पारिश्रमिक २५ करोडमा झारेका छन् ।

वरुण धवनः

वरुण धवनले लामो समयदेखि हिट दिन सकेका छैनन् र उनको फिल्म छनोटमा पनि प्रश्न उठ्दै आएको छ। उनले आफ्नो शुल्क कटौती गरेको बताइएको छ । ३० करोड भारु लिने ‘भेडिया’ स्टार वरुण अहिले २० करोड लिन थालेका छन् ।

कृति सेननः

कृति सेननको अन्तिम हिट ‘हाउसफुल ४’ थियो, जुन २०१९ मा रिलिज भएको थियो। त्यसपछि ‘पानीपत’, ‘बच्चन पाण्डे’, ‘भेडिया’ र ‘शहजादा’ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेनन् । ‘आदिपुरुष’लाई लिएर पनि विवाद चलिरहेको छ । आफ्नो फिल्मका लागि ८ करोड भारु लिने गरेको कृतिले अहिले आफ्नो पारिश्रमिक घटाएर ५ करोड गरेको खबर छ ।

जान्हवी कपूरः

जान्हवी कपूरका हालसम्म रिलिज भएका ६ फिल्ममध्ये ‘घोस्ट स्टोरीज’, ‘गुंजन सक्सेना’, ‘गुडलक जेरी’ ओटीटीमा रिलिज भएका छन्। उनका ‘धडक’ बाहेक ‘रुही’ र ‘मिली’ले हलमा सफलता पाउन सकेनन् । उनले आफ्नो पारिश्रमिक ६ करोडबाट घटाएर ३ करोड पुर्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट