नाजिर हुसेनको ‘गुलाबी’को नाम अब ‘गुन्युचोलो’, किन फेरियो त नाम?-Sutra News

नाजिर हुसेनको ‘गुलाबी’को नाम अब ‘गुन्युचोलो’, किन फेरियो त नाम?

बिहिबार, ७ असार २०८०

बिहिबार, ७ असार २०८०

अभिनेता नाजिर हुसेनको सिनेमा ‘गुलाबी’ को नाम परिवर्तन गरेर ‘गुन्युचोलो’ बनाइएको छ



एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको नाम ‘गुन्युचोलोः कमिङ अफ एज अ गर्ल’ राखिएको जानकारी दिएका छन्।

समुन्द्र भट्टको निर्देशित सिनेमामा अभिनेता नाजिर हुसेन पारलैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा छन्।

सिनेमामा नाजिरका अलावा सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी आदिको अभिनय रहेको छ।

सिनेमाको पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसेनले संयूक्तरुपमा लेखेका हुन्।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर निर्माण भएको सिनेमामा अमेरिकी कम्पनी भिजिअन इन्टरटेनमेन्टको सहकार्य छ।

सहमति अनुसार सिनेमाको पोस्टप्रोडक्सनका साथै अन्तर्राष्ट्रिय प्रदर्शनको जिम्मा लिनेछ। हाल सिनेमाको हलिउडमा पोस्ट-प्रोडक्सनको काम भइरहेको छ।

भिजिअन इन्टरटेनमेन्ट जोडिएपछि यसलाई अन्तरराष्ट्रिय स्तरमा लैजान पुरानो नाम फेरिएको बताइन्छ।

क्यानडाको टोरन्टो सिनेमा स्कुलबाट निर्देशन पढेकी निर्देशक भट्टले यसअघि ‘आधा पेज’ नामक सिनेमा निर्देशन गरिसकेकी छन्।

सिनेमाको रिलिज मिति भने हालसम्म तोकिएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट