पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक, उच्च रक्तचाप-पक्षघात आदिबाट थिइन् पीडित-Sutra News

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक, उच्च रक्तचाप-पक्षघात आदिबाट थिइन् पीडित

शुक्रबार, ८ असार २०८०

शुक्रबार, ८ असार २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।



उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

उनको, श्रीमान्, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुन्। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट