माइतीघरमा नागरिकताविहीनहरूको खुसीयाली-Sutra News

माइतीघरमा नागरिकताविहीनहरूको खुसीयाली

शुक्रबार, ८ असार २०८०

शुक्रबार, ८ असार २०८०

नागरिकताविहीनले नागरिकता पाउने भएपछि राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद दिएका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भएर उनीहरूले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्चलाई धन्यवाद दिएका हुन् ।



बिहीबार सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नागरिकताविहीनहरुले अब आफूहरूले नागरिकता पाउने भन्दै सबैलाई धन्यवाद दिएका हुन् ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले संसदबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निष्क्रिय भयो वा शून्यमा गयो भन्न नमिल्ने ठहर गरेको छ ।

योसँगै अब संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ । लामो समय राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयक कार्यान्वयनको माग राखेर आन्दोलनमा उत्रिएकाहरूले शुक्रबार धन्यवाद दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट