१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-७ काठमाडौका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिलवाले गत सोमबार ती किशोरीलाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, बलात्कार मुद्दाका फरार प्रतिवादी दुहबी नगरपालिका-१ सुनसरीका ४० वर्षीय फिदा भन्ने फिर्ता हुसेनलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरीले दुहबी नगरपालिका-८ सोनापुरबाट पक्राउ गरेको हो ।
।