गत शुक्रबार रिलिज भएको फूलमान बलको निर्देशकीय डेब्यू ‘नीरफूल’ले वक्सअफिसमा कमजोर प्रदर्शन गरेको छ।
रिलिजको एक सातामा गरेको कमाइ हेर्दा सिनेमाको व्यापार कमजोर छ। समीक्षकीयरुपमा कमजोर प्रतिक्रिया पाएको सिनेमाले ‘आदिपुरुष’ प्रतिबन्धको फाइदा उठाउन सकेन।
जेठ २६ गते रिलिज भएको सिनेमाले सुई सातामा केवल २३ लाख ७६ हजार ३ सय ८१ रुपैयाँ कमाएको नेपाली वक्सअफिसले जानकारी दिएको छ।
यो कमाइ सरकारी कर कट्टा गरेपछिको रकम हो। जसका कारण हलवाला तथा वितरक आदिको सेयर बाँडफाँड गरेपछि निर्माताको हातमा केही लाख मात्र हात पर्नेछ।
२ करोड लगानी दाबी गरिएको यो सिनेमा यस हिसाबले फल्प भएको छ।
सिनेमाले दयाहाङ राईको लोकप्रियताको फाइदा उठाउने ठानिएको भएपनि सिनेमा आफैमा कमजोर साचित भएकाले फ्लप हुनपुगेको हो।
सिनेमामा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी आदिको मुख्य अभिनय रहेको छ।