राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्दै ‘आदिपुरुष’ नचलाउने चलचित्र संघको निर्णय-Sutra News

राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्दै ‘आदिपुरुष’ नचलाउने चलचित्र संघको निर्णय

शुक्रबार, ८ असार २०८०

शुक्रबार, ८ असार २०८०

अन्तरिम आदेश दिदैं अदालतले हिन्दी लगायतका सबैखाले विदेशी सिनेमाको प्रदर्शनका लागि बाटो खुला गरे पनि नेपाली चलचित्र संघले विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने निर्णय गरेको छ।



शुक्रबार वक्तव्य जारी गर्दै संघले ‘आदिपुरुष’बाहेकका अन्य फिल्मलाई मात्र प्रदर्शन गर्ने जनाएको छ।

वक्तव्यमा संघले नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको तथा राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने मान्यता संघको रहेको भन्दै अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु नागरिकको कर्तव्य रहेको कुरा संघले  उल्लेख गरेको छ।

अदालतले मंगलबार संघ र महानगर दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।

अदालतले आदेश दिए पनि संघले ‘आदिपुरुष’ प्रदर्शन नगर्ने निर्णय संघले गरेको छ। शुक्रबारदेखि नेपालमा सारा अली खान र विक्की कौशल स्टारर ‘जरा हट्के जरा बच्के’ फिल्मको पुनः प्रदर्शन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट