५ जनाको विभत्स हत्या गरी युवकले गरे आत्महत्या-Sutra News

५ जनाको विभत्स हत्या गरी युवकले गरे आत्महत्या

शनिबार, ९ असार २०८०

शनिबार, ९ असार २०८०

भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको विभत्स हत्या गरिएको छ ।



आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती व्याक्तिले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोले टाउको काटेका थिए।

त्यसपछि अन्य दुई जनालाई पनि मार्ने प्रयास गरियो । त्यसपछि आरोपीले आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए । घाइते दुवै महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

घटना किश्नी थाना क्षेत्र गोकुलपुरा अरसारासँग सम्बन्धित छ । जानकारी अनुसार यो घटना राति २ बजेको समयमा भएको थियो ।

जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जना (दुई दाजु र भाइकी श्रीमती, साथी र जेठाजु) को हत्या गरेका हुन । उनले माइजु र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट