नेपालले आज भारतको सामना गर्दै-Sutra News

नेपालले आज भारतको सामना गर्दै

शनिबार, ९ असार २०८०

शनिबार, ९ असार २०८०

नेपाल फुटबल टिम र भारतबीच आज प्रतिस्पर्धा हुदैँछ ।



आज १४औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल राति पौने ८ बजे सुरु हुनेछ ।

पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो । पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमन्ने सामने भएका थिए ।

सो प्रतिस्पर्धामा भारत विजेता बनेको थियो भने नेपाल उपविजेता भएको थियो । आजसम्म दुवै देशवीच २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटकमात्रै जित निकालेको रेकर्ड छ ।

बाँकी ५ खेल बराबरीमा टुंग्गिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट