सुपर सिक्समा पुग्न नेदरल्यान्डलाई १६८ रनको लक्ष्य-Sutra News

सुपर सिक्समा पुग्न नेदरल्यान्डलाई १६८ रनको लक्ष्य

शनिबार, ९ असार २०८०

शनिबार, ९ असार २०८०

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ ।



टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलव ३ ओभरमा १६७ रन बनाउदै अलआउट भयो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाए । नेपालका
सन्दीप लामिछानेले ३३ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाए ।

भीम सार्कीले ५६ बलमा १ चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २२ विकेट लिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान ११ विकेट लिए ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक कुनै विकल्प छैन । विजयी भएमा नेपालको सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट