भन्सार एजेन्ट प्रतिनिधि संघद्वारा धर्ना र आन्दोलनको घोषणा-Sutra News

भन्सार एजेन्ट प्रतिनिधि संघद्वारा धर्ना र आन्दोलनको घोषणा

शनिबार, ९ असार २०८०

शनिबार, ९ असार २०८०

भन्सार एजेन्ट प्रतिनिधिहरूलाई राज्यले उचित व्यव्स्थापन गर्नुपर्नेमा संशोधित भन्सार ऐन २०६४ र नियमवोली २०६४ले सो भन्सार प्रतिनिधिले काम गर्न व्यावस्था नै खारेज गरेको भन्दै भन्सार एजेन्ट प्रतिनिधि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।



विगत लामो समयदेखि विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व संकलनमा इमान्दारितापूर्वक काम कार्य गर्दै आएकोमा व्यावस्था खारेज गरेसँगै ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरू बेरोजगार भएको भन्दै संघका अध्यक्ष उमेश अधिकारीले अब आन्दोलन गर्ने बताएका छन् ।

भन्सार प्रतिनिधिहरूले पटक-पटक भन्सार विभाग, अर्थ मन्त्रालयलाई ध्यानाकर्षणल गराउँदा माग सुनुवाइ नभएको भन्दै आन्दोलनमा जानु पर्ने बाध्य भएको बताएका छन् ।

आफ्नो आन्दोलनको कार्यक्रमलाई सफल पार्न भन्सार प्रतिनिधि खड्गबहादुर कार्की संयोजकत्वमा ९ सदस्यी संघर्ष समितिसमेत गठन गरिएको छ ।

आफ्नो आधा उमेर यही पेशामा लगानी गरिसकेका बताउँदै संघर्ष समितिका संयोजक खड्गबहादुर कार्कीले व्यावस्थित गरी भन्सार इजाजतपत्र प्रदान गर्नुपर्नेमा बिनाकारण खाइपाई आएको पेशाबाट पनि वन्चित बराउँदा सबै प्रतिनिधिहरू बेरोजगार हुनुपरेको दुखेसफ पोखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट