राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ-काठमाडौं सम्पर्क भेलामा बोल्दै यस्तो दाबी गरेका हुन् ।
‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिइरहेको पद र जिम्मेवारी उसलाई दिएर म उसको सहयोगी हुन सक्छु कम्तीमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरूसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन,’ सभापति लामिछानेले भने, ‘तर तपाई हामीहरूले असल मान्छेका लागि बस्ने ठाउँ ओगटेर बसिदियौं भने निष्ठा र इमानदारिताका साथ काम गरी दिएनौं भने अन्तमा हामी त चुनावमै जानुपर्ने हुन्छ।’
सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरूले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए।
‘म त पहिल्यै देखि बसेको हुँ भनेर जनताले पत्याउने वाला छैन। जनता त त्यस्तो मानिस खोजिरहेका छन् जसका काँधमा यो देशको जिम्मेवारी दिन सकियोस्,’ लामिछानेले भने, ‘त्यस अर्थमा अहिले जति पनि साथीहरूले जिम्मेवारी लिइरहनु भएको छ। मेरो विनम्रतापूर्वक अनुरोध छ–त्यो जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाका लागि म त फलानो पार्टीको यो सदस्य हो नि।’
‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने उनको तर्क थियो।
प्रतिक्रिया दिनुहोस्