माइक्रोबसको सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु-Sutra News

माइक्रोबसको सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु

शनिबार, ९ असार २०८०

शनिबार, ९ असार २०८०

बङ्गलादेशको मध्य फरिदपुर जिल्लामा शनिबार बिहान ग्याँसबाट चल्ने माइक्रोबस राजमार्गको डिभाइडरमा ठोक्किँदा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।



राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको भाङ्गा प्रहरी चौकीका इन्चार्ज जियारूल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारी साधनमाथि नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

ढाकातर्फ जाँदै गरेको माइक्रोबसमा सिलिण्डर पड्केर आगलागी भएको र सातै जनाको जलेर मृत्यु भएको उनले जानकारी दिए ।

स्थानीयवासीले दिएको जानकारीअनुसार दमकल केही समयमा नै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए पनि उनीहरूले यात्रुहरूलाई बचाउन सकेका थिएनन् ।

बङ्गलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट