साविक उपविजेता नेपाल भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले एक/एक गोल गरे ।
पहिलो हाफमा भारतविरुद्ध उत्कृष्ट खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खाएको थियो ।