बलिउड अभिनेत्री पूजा भट्ट आजकल सलमान खानको ‘बिग बोस’मा प्रतियोगीको रुपमा देखिएकी छिन् ।
यसैबीच, पूजा भट्टको एक पुरानो अन्तर्वार्ता सार्वजनिक भएको छ, जसमा अभिनेत्रीले सार्वजनिक रूपमा सलमान खानलाई घृणा गर्थिन भनेर भनेकी छन् सन् १९९५ को ‘स्टारडस्ट’लाई दिएको अन्तर्वार्तामा पूजा भट्टले आफूहरु कुनै कारणले एकअर्कालाई घृणा गर्थेौँ, उनीहरु सँगै नभएको र उनीहरुबीच ठूलो ‘युद्ध’ भएको बताएकी थिइन् ।
स्टारडस्टलाई दिएको अन्तरवार्तामा पूजा भट्टले सलमान र उनी सुरुमा अनौठो कारणले एकअर्कालाई घृणा गर्ने बताएकी थिइन् ।
‘हामी सँगै थिएनौं र हामीबीच ठूलो ‘युद्ध’ भयो । सलमानका फिल्ममा काम नगरेको कारणले यो सुरु भएको हो, तर अहिले उनीहरुसँग राम्रो सम्बन्ध छ । वास्तवमात्यो एउटा एकदमै सुखी परिवार हो’, उनले भनेकी छन्।
कुनै समय पूजा भट्ट र सलमान खानका भाइ सोहेल खान गम्भीर सम्बन्धमा थिए । तर केही कारणले पूजा भट्ट र सोहेलको सम्बन्ध टुट्यो । त्यसपछि सोहेल खानले सन् १९९८ मा सीमा खानसँग विवाह गरे ।
यस्तै पूजा भट्टले सन् २००३ मा मनिष माखिजासँग विवाह गरिन् ।
त्यसपछि करिब ११ वर्षपछि पूजा र मनिषको सम्बन्धविच्छेद भयो ।
पूजा भट्ट आफ्नो समयकी चर्चित अभिनेत्रीसँगै बलिउड अभिनेत्री आलिया भट्टकी दिदी हुन्। उनीहरुका बाबु महेश भट्ट हुन्।