खेल पत्रकार नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशित हुने-Sutra News

खेल पत्रकार नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशित हुने

आइतबार, १० असार २०८०

आइतबार, १० असार २०८०

खेल पत्रकार नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशित हुने भएको छ।



किताबलाई प्रकाशक क्रियटिभ बुक्सले मप्रकाशित गर्नेछ भने किताबमा नेपाली खेलकुद्को समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमुलक प्रयास लेखक अर्यालले गरेका छन्।

शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा यसै महिना काठमाडौंमा किताब सार्वजनिक हुनेछ।
लामो समय खेलकुद पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो ।

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि हालसम्मको खेलकुद वृत्तान्त समेटिएको छ । पुस्तकमा नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल यात्राको वर्णन गरिएको छ ।

यसैगरी सिमित साधन स्रोतका बावजुद नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपीवद्ध गरिएको छ ।

पुस्तकमा ऐतिहासिक तस्वीरहरु, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरुलाई पनि समावेश गरिएको छ । नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि यो पुस्तक महत्वपुर्ण दस्तावेजका रुपमा रहने विश्वास गरिएको छ ।

नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शून्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपुर्ण सामग्री बन्ने अपेक्षा प्रकाशक क्रियटिभ बुक्सले गरेको छ ।

भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनबाट यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट