ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड-Sutra News

ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड

आइतबार, १० असार २०८०

आइतबार, १० असार २०८०

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ ।



आइतबार बसेको नगरसभा बैठकमा महानगरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक वर्ष २०८०/८१ को ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् ।

उनका अनुसार पुँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

ललितपुर महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षणलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट