अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा प्रकाउ परेका ‘जुठे’ र ‘हल्ला रमाइलो’का २ प्रमुख पात्र मरिचमान श्रेष्ठ(बल्छी धुर्वे) र राजु पौडेल(राजु मास्टर) हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।
पक्राउ परेपछि सुरुमा काठमाडौं जिल्ला अदालतले मरिचमानसहित प्रकाउ परेका अन्य आठ जनालाई ४ दिनसम्म हिरासतमा राख्ने भनेको थियो।
तर प्रहरीले अनुसन्धानका लागि थप समय माग गरेपछि अदालतले फेरि ५ दिन म्याद थपेको छ ।
प्रहरीले उनीहरुलाई प्रकाउ गरेसँगै अहिले सामाजिक सन्जालमा ‘जुठे’ र ‘हल्ला रमाइलो’को अर्को भाग आउने अथवा सुटिङ नभएको भागलाई असर गर्ने होकी भनेर धेरैले चिन्ता व्यक्त गरिरहेका छन्।
थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै अबको नयाँ भाग सुटिङमा असर पुग्ने अनुमान गरिएको छ ।
प्रकाउ पर्नेमा अन्य अरु कमेडियन पवन खतिवडा, प्रयान्कर एलिस राई, कमेडियन ज्वलन घर्ति मगर,युटुबर गणेश देवकोटा, बेगम नेपाली (भटभटे माइला) र कमेडिएन सरोज घिमिरे रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक लिलाराज डाँगीले जनाएका छन् ।
सिताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) ले ‘मेरी बास्सै’ छोडेपछि धेरैले ‘मेरी बास्सै’को यात्रा सकिएको सोचेका थिए । तर मरिचमान र राजु पौडेलको जोडीले निर्देशकको भुमिका निभाउँदै ‘मेरी बास्सै’ स्वाद भने कायमै राखे ।
उनीहरुले ‘मेरी बास्सै’लाई केही हदसम्म पुरानै अवस्थामा दर्शकको माया बटुल्दै फर्काउने कोसिस गरिरहेका थिए ।
तर मिडिया हबसँग विभिन्न कुरामा सहमती हुन नसकेको भन्दै उनीहरुले ५१४ भागबाट ‘मेरी बास्सै’बाट बिदा लिए ।
अहिले भने केदार प्रसाद पण्डित (शुरविर) र रामचन्द्र अधिकारीले प्रमुख पात्रको रुपमा भुमिका निभाउँदै ‘मेरी बास्सै’लाई निरन्तरता दिइरहेका छन् ।
मरिचमान र राजु पौडेलले ‘मेरी बास्सै’ त छोडे तर यो जोडी यति प्रख्यात भयो कि दर्शकको मन मनमा बस्न सफल भयो । यसको प्रतिफल यी जोडीले विभिन्न म्युजिक भिडियो देखि हास्य टिभी सिरियलमा सफलता हासिल गरिरहेका छन् । यी २ जोडीको अहिले सबैभन्दा धेरै हेरिने र चलेको हास्य टिभि सिरियल ‘हल्का रमाइलो’ र रुवाउने खालको टिभी सिरियल ‘जुठे’ रहेको छ ।
‘हल्का रमाइलो’ प्रत्येक आइतबार बल्छी धुर्बेको आधिकारिक युटुब च्यानल र हिमालयन टिभीमा आउने गर्छ। उनीहरु जेल परेदेखि ‘हल्का रमाइलो’को २ भाग आइतबार प्रसारण भइसकेको छ।
अब अर्को भाग भने के हुने हो भन्ने सबैको चिन्ताको विषय बनेको छ । कतिले २-४ भाग सुटिङ भइसकेको र यसले कम्तिमा पनि १ महिना असर नगर्ने समेत बताएका छन ।
‘हल्का रमाइलो’को प्रत्येक भाग औसतमा पनि २० लाख भन्दा माथिले युटुबमा हेर्ने गरेका छन् ।
त्यस्तै ‘जुठे’ प्रत्येक बिहिबार राजु पौडेलको ‘मास्टर टिभी’बाट र हिमालयन टिभीबाट प्रसारण हुने गरेको छ । यसको ११७ भाग बिहिबार प्रसारण भइसकेको छ । उनीहरु प्रकाउ परे पनि ‘हल्का रमाइलो’को स्टकमा रहेको भाग प्रसारण भएसँगै ‘जुठे’को पनि नयाँ भाग केही समयको नियमित आउने अनुमान गरिएको छ।
जातीय छुवाछुत र महिलामाथि हुने हिंसामा आधारित यो नेपाली टेली सिरियल प्रायजसो युट्युव ट्रेन्डिङमा परिरहेको हुन्छ । यसको प्रत्यक भाग औसत २५ लाख भन्दा बढीले हेर्ने गर्छन् ।
बच्चा देखि युवा, वृद्द, वृद्दाको मनमनमा र प्रत्यक नेपालीको घरमा बज्ने मरिचमान श्रेष्ठ र राजु पौडेलको टिभी सिरियल अबकेही नयाँ भागमा समय असर पो गर्ने होकी भनेर दर्शकहरु चिन्तामा छन् ।
सिरियलका प्रमुख पात्रहरु साथै लेखन र निर्देशकमा पनि आफै गर्ने यी जोडी केही दिन हिरासतमा हुदाँ पक्कै पनि नयाँ भागलाई असर गर्नेछ । यदि कानुन बमोजिम सजाय नै भोगे पनि केही समय यी २ टिभी सिरियलमा पुर्ण विराम नै नलाग्ला भन्न सकिदैन् ।
किन प्रकाउ परेका थिए ?
नेपालमा अनलाइनको मार्फत बेटिङ गर्नु अवैधानिक र गैरकानुनी हो। यी दुई जोडीलाई आफ्नो युटुब च्यानल मार्फत अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजी गर्नका लागि विज्ञापन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रकाउ गरेको हो।
के हुन्छ सजाय ?
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।