भारतमा बस दुर्घटना हुँदा एकाघरका ७ सहित १२ जनाको मृत्यु-Sutra News

भारतमा बस दुर्घटना हुँदा एकाघरका ७ सहित १२ जनाको मृत्यु

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

भारतको ओडिशास्थित गञ्जममा दुईवटा बस एकापसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ । मृतकहरू एकै परिवारका सात सदस्य र उनीहरूका आफन्तहरू हुन् ।



घाइते भएका सात जनाको एमकेसीजी मेडिकल कलेज र कटक अस्पतालमा उपचार भइरहेको छ ।

बेरहामपुर–तप्तपानी सडकको दिगापाहाण्डी क्षेत्रमा विवाह भोजमा सहभागी भएर फर्किएका सवार बसले अर्को यात्रुवाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको बेरहामपुरका प्रहरी उपरीक्षक सर्वाना विवेक एमले जानकारी दिए ।

घाइतेहरूको एमकेसीजी मेडिकल कलेज तथा अस्पताल र दिगापहाण्डी अस्पतालमा उपचार भइरहेको उनले बताए । विशेष राहत आयोगले प्रत्येक घाइतेलाई उपचारका लागि ३० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट