साताको कारोबारको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज ११.६९ अंकले बढेर नेप्से परिसूचक २१२९.४२ विन्दुमा पुगेको छ ।
सोमबार २७९ कम्पनीका एक करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर ७३ हजार ९५८ पटक किनबेच हुँदा पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट ४२ करोड ६ लाखसहित अग्रस्थान रह्यो । आज हिमालायन लाइफ इन्स्युरेन्ससहित ८ वटा कम्पनीको सेयर सर्किट लेभलमा बढेको छ ।