काठमाडौं महानगरपालिका-१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ गाउँपालिका-५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन् ।
एटिएम तोडफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।