‘परस्त्री’को बेडसिन खिच्नु अघि हिरोलाई मःम खान ब्याण्ड, अरु के के भयो?-Sutra News

‘परस्त्री’को बेडसिन खिच्नु अघि हिरोलाई मःम खान ब्याण्ड, अरु के के भयो?

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

असार १५ गते रिलिज हुने ‘परस्त्री’की मुख्य अभिनेत्री शिल्पा मास्के बोल्ड अवतारमा आउँदैछिन्। पोस्टरमा मात्र होइन फिल्मको ट्रेलरले पनि सिनेमामा यसका मुख्य अभिनेता अभिनेत्रीले राम्रैगरी बोल्ड दृश्यहरु दिएको देखायो।



अनैतिक सम्बन्धको कथा बोकेको सिनेमा भएकाले सिनेमाभित्र पनि यस्ता दृश्य भरपुर हुनसक्ने अनुमान गरिएको छ। यसै कारणले पनि हुनुपर्छ नेपालको सेन्सर बोर्डले ती दृश्यहरु छोट्याएर जाँचपास गरेको छ।

विदेशी सिनेमामा यस्ता दृश्य राखिदा तिनीहरुलाई सावधानीपूर्वक खिचिन्छ भने कलाकार पनि एकअर्कासँग सकभर सहज हुने प्रयास गर्छन्।
सूत्रन्यूजले यस सिनेमाकी अभिनेत्री शिल्पा सँगै अभिनेताद्वयो गौरव विष्ट र कोशिस क्षेत्रीसँग जिज्ञासा राख्दा उनीहरुले सुरुमा असहज लागेपनि पछि सजिलो महसुस गराउँदै गरेको बताए ।

शिल्पाले भनिन्- हामीले धेरै माउथ वास चुईंगम खायौं। मैले गौरव तिमी मःम खाएरचाँहि नआउ है भन्या थे।

यसैगरी शिल्पाले सुटिङको पहिलो सिननै अन्तरङ्ग सिनको भएकाले एकअर्कासँग खुल्न निकै गाह्रो भएको र सिन गरेपछि २-३ दिनसम्म एकअर्कासँग नजर मिलाउन निकै गाह्रो भएको खुलासा गरिन् ।

यता नायक कोशिसले यो क्यारेक्टर आफ्नो ड्रिम क्यारेक्टर पनि भएकाले खुसी खुसी गरेको बताए।

यस्तै बोल्ड सिनले गरेर शिल्पालाई विपासा वासुको ट्याग पनि दिईदैछ र यो कुरालाई कसरी लिनु हुन्छ भनेर सोध्दा उनलाई आफूलाई निकै भाग्यमानी महसुस भएको तर दर्शकहरुले शिल्पा भनेरै चिनेमा खुशी लाग्ने बताइन्।

यता गायक गौरवलाई नि इमरान हास्मीको ट्याग लागेको छ यसलाई कसरी लिनुहुन्छ भन्दा उनले आफूलाई टिमले फिल्मको सुटिङबाट नै जिस्काउँदै आएको खुलासा गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट