लोकप्रिय गायक प्रकाश सपुतमाथि रोमानियामा आफ्नो प्रस्तुति दिइरहँदा बियरको क्यान प्रहार भएको छ।
‘बोल माया’ गीत गाइरहेको बेला दर्शकदीर्घाबाट प्रहार भएको क्यान उनको टाउकोमा लागेको थियो। प्रकाश माथि यसरी स्टेजमा नै बोतलको प्रहार भएको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।
योसँगै मानिसहरुले विभिन्न प्रतिक्रिया पनि दिइरहेका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेको छ। यस्तै घटनामा माथि बोल्दै हास्यकलाकार दिपक राज गिरीले नेपालीको बानी भन्दै यसरी कटाक्ष गरेका छन्।
‘चित्त बुझेन हान्दिउ! मन परेन ठोक्दिउ’
हाम्रो वीरता पनि गज्जबको हूँदैछ
प्रिय गायक प्रकाश माथि भएको प्रहार निन्दनीय छ, फेसबुकमा उनले लेखेका छन्।
त्यस्तै गरी गायक हेमन्त शर्माले ‘छ्या।। हाम्रो स्तर अनि चेतना। परदेशमा त झन मायाले जितेर पो पठाउछन् त सच्चा नेपालीले’, भनेका छन्।
उनले आफू प्रकाश सपुत माथि गत राति रोमानियाको स्टेजमा भएको घटनाले निकै दुःखी बनाएको र सो घटनाको भर्त्सना गर्दछु भनेका छन्। उनले घटना पछि भाइ(प्रकाश)को प्रतिक्रिया पनि सुनेको र आत्मबल नघटाउन सुझाव दिएका छन्।
‘प्रकाश भाई, आत्मबल नघटाए है। एल्लाई एउटा बेहोशीको दुर्घटनाका रूपमा लिनु है’, भनेका छन् ।
यस्तै कमेडी क्लबका सुमन कार्कीले ‘गायक माथी गरिएको आक्रमणको घोर भत्सर्ना गर्दछु।सत्यतथ्य पत्ता लगाइ दोषीलाई कार्वाही गरियोस्’, भनेका छन्।
यता लोक गायक सूर्य खड्काले सांस्कृतिक कार्यक्रमको सिलसिलामा रोमानियामा पुग्नुभएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव बहुचर्चित गायक प्रकाश सपूत माथी गरिएको आक्रमणको घोर भत्सर्ना गर्दछु।सत्यतथ्य पत्ता लगाइ दोषीलाई कडा कार्वाही गरियोस् भनेका छन् ।
साथै लोक गायिका जानकी तारानी मगरले ‘प्रकाश सपूत ज्यूमाथी भएको आक्रमणले हामी अत्यन्तै दुस्खी भएका छौं। प्रदेशी भूमिमा आफ्नै दाजुभाइ दिदिबहिनीलाई मनोरञ्जन दिने कलाकारलाई यसरी हतोत्साहित नगराईदिनुस न है’, भनेकी छन् ।
यता अर्का गायक, सर्जक, तथा संगितकार कमल कुमार विकेले ‘प्रदेशमा बसेर दिन रात नेपाल सम्झने नेपाली दाजु भाई दिदिबहिनिहरुलाई नेपालको झल्को मेटाउन अनि दुःख बिर्साउन मौलिक गित संगितका एक अब्बल कलाकार आफ्नै परिश्रम र पौरखले आज गीत र संगीतका माध्यमबाट विश्वभरिका नेपालीको मन देखि मन जोडिरहेका कलाकार मेरो प्रिय भाई प्रकाश सपुत माथि रोमनियामा भएको दुर्व्यबहार असह्य र घोर आपत्तिजनक छ ।
यस्ता कुख्यातहरुलाई तुरुन्तै त्यहाँको सरकारले भिषा खारेज गरी नेपाल फर्काईदियोस र जेलको चिसो हावा खुवाईयोस्।’ भनेका छन्।