‘आरजु राणा र कृष्ण सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको समाचार गलत छ’-Sutra News

‘आरजु राणा र कृष्ण सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको समाचार गलत छ’

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको भन्ने समाचारप्रति गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ ।



सोमबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै गृहले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’शीर्षकमा समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

सहसचिव केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा उक्त समाचार झुटो र भ्रटाचारविरुद्धको अभियानलाई दिग्भ्रमित पार्न लागेका समूहलाई फाइदा पुर्‍याउने गरि प्रकाशन गरिएको भन्दै संस्थालाई सचेत रहन आग्रह पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट