पाकिस्तानमा प्रि–मनसुन वर्षाका कारण १४ जनाको मृत्यु-Sutra News

पाकिस्तानमा प्रि–मनसुन वर्षाका कारण १४ जनाको मृत्यु

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

पाकिस्तानका विभिन्न क्षेत्रमा गत २४ घण्टामा भएको वर्षाका कारण दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । साथै अन्य ६ जना घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।



पूर्वी पञ्जाब प्रान्तको नारोवाल जिल्लाका उपायुक्त मुहम्मद अशरफले सिन्ह्वालाई बताएअनुसार आइतबार राति आँधीको समयमा जिल्लामा चट्याङका कारण छ जनाको ज्यान गएको हो ।

राजधानी इस्लामाबादको उपनगरमा रहेको शहजाद टाउन क्षेत्रमा आइतबार राति घरको छाना खस्दा तीन जनाको ज्यान गएको स्थानीय उद्धार टोलीले जनाएको छ ।

भारी वर्षापछि प्रदेशका अन्य क्षेत्रबाट पनि मृत्यु र घाइतेको खबर आइरहेको छ । प्रान्तीय राजधानी लाहोरका स्थानीय अधिकारीहरूले मुसलधारे वर्षापछि सोमबार बिहान मध्यमस्तरको बाढी आएको र ९० प्रतिशत विद्युत् सेवा अवरुद्ध भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट