होन्डुरसमा हिंसा बढयो, एकै रातमा २० काे मृत्यु-Sutra News

होन्डुरसमा हिंसा बढयो, एकै रातमा २० काे मृत्यु

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

मध्य अमेरिकाको होन्डुरसमा हिंसा बढ्दै गएको छ ।



छुट्टाछुट्टै आक्रमणमा एकै रातमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसैलाई मध्यनजर गर्दै होन्डुरस सरकारले आइतबार देखी उत्तरी दुई सहरमा कर्फ्यू लगाउने निर्णय गरेको छ ।

उत्तरी सहर चोलोमाको छेउमा रहेको बिलियर्ड्स हलमा बन्दुकधारीले गोली चलाएका थिए । जहाँ १३ जनाको मृत्यु भएको थियो । सोही क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

सान पेड्रो सुलाको औद्योगिक सहर सहित उत्तरी भ्याले डे सुला क्षेत्रमा शनिबार भएका छुट्टाछुट्टै घटनामा कम्तीमा ११ अन्य व्यक्तिको मृत्यु भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट