भारतमा हुने एक दिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक भएको छ । ५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरकफरक स्टेडियममा हुनेछन् ।
योसँगै भारतले ७ वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ । “बहुप्रतीक्षित भारत-पाकिस्तान बीच प्रतिस्पर्धा अक्टोबर १५ मा अहमदाबादमा हुनेछ ।