बलिउडमा यस्ता धेरै कलाकार छन् जसको फिल्मी करियर फ्लप छ ।
तर फिल्ममा फ्लप भए पनि उनीहरु आज पनि करोडौंमा कमाउँछन्। यस्तै अभिनेताको सुचिमा पर्छन् अभिनेता तुषार कपुर। उनी आफ्नो समयका सुपरस्टार जितेन्द्रका एकमात्र छोरा हुन्। उनकी दिदी एकता कपुरलाई सिरियलहरुको बादशाह नै मानिन्छ। उनी कयौं चर्चित हिन्दी टिभी श्रृखंलाकी निर्मात्री हुन्। सिनेमा निर्माण पनि उनको सक्रियता धेरै नै छ।
तर उनका भाइ तुषारले भने उनको र बाबुको जस्तो सफलताको सिढि चढ्न सकेका छैनन्। यध्यपी डेब्यू सिनेमा भने उनले हिट दिएका थिए।
४६ वर्षीय तुषार कपुरले २२ वर्षअघि फिल्म ‘मुझे कुछ कहना है’ बाट बलिउडमा प्रवेश गरेका थिए । यस फिल्मपछि तुषार धेरै फिल्ममा मुख्य कलाकारको रुपमा देखिए तर उनले आफ्ना सुपरस्टार बाबु जितेन्द्रको जस्तो सफल पदचाप भने पछ्याउने सकेनन् ।
मुख्य भूमिकामा निरन्तर असफल भएका उनी त्यसपछि भने साइड रोल र फिल्ममेकरका रुपमा सक्रिय छम्। बने । तुषार कपुरले करिना कपूरले हालसम्म ‘क्या दिल ने कहा’, ‘जिना सिर्फ मेरे लिए’, ‘कुछ तो है’, ‘ये दिल’, ‘गैब’, ‘खाकी’, ‘क्या कूल है हम’, ‘गोलमाल ३’, ‘द डर्टी पिक्चर’ जस्ता सिनेमामा अभिनय गरेका छन्। यीमध्ये केही फिल्म भने हिट छन्।
तुषार कपुर फिल्ममा फ्लप भए पनि उनी करोडौंको सम्पत्तिका मालिक हुन् । मिडिया रिपोर्टका अनुसार तुषार कपुर करिब ३७ करोडको मालिक हुन् । एक रिपोर्ट अनुसार २०२१ मा तुषार कपुरको नेटवर्थ लगभग ५० मिलियन थियो ।उनले विज्ञापनबाट ४० लाख रुपैयाँसम्म कमाउँछन्। उनको वार्षिक आम्दानी करिब ५ करोडको सेरोफेरोमा छ ।
महँगो कारहरुको शौकीन
यसबाहेक तुषार कपूर महँगो गाडीको शौकीन छन् । यी गाडीहरूमा पोर्श केयेन, अडी क्यु७ र बीएमडब्ल्यू ७ जस्ता महँगो कारका मालिक छन्। तुषार बलियो बैंक ब्यालेन्सको साथ विलासी जीवन बिताउँछन्।
व्यक्तिगत जीवनको कुरा गर्ने हो भने तुषार कपुरले बिहे गरेका छैनन् । तर सरोगेसी मार्फत उनी १ सन्तानको पिता बनेका छन् । उनको नाम लक्ष्य हो।