ललिता निवास जग्गा प्रकरणमा ६ जना पक्राउ : भाटभाटेनीका सञ्चालकदेखि को को परे पक्राउ?-Sutra News

ललिता निवास जग्गा प्रकरणमा ६ जना पक्राउ : भाटभाटेनीका सञ्चालकदेखि को को परे पक्राउ?

मंगलबार, १२ असार २०८०

मंगलबार, १२ असार २०८०

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।



पक्राउ पर्नेमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम,भूपेन्द्रमणि केसी र गोपाल कार्की छन् ।

लाई काठमाडौँका विभिन्न ठाउँबाट आज पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेकै थियो । थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो (सीआईबी) ले कीर्तेको आरोपमा १२० विरुद्ध मुद्दा चलाएको थियो । सीआईबीले ३०० भन्दा बढीलाई प्रतिवादी बनाउन राय दिएकोमा १२० जनाविरुद्धमात्र पक्राउ पुर्जी जारी भएको थियो ।

सिआइबीले यस प्रकरणमा अनुसन्धान गरी २०७८ पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भनेर फिर्ता पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट