पहिरोमा परी ७ जना बेपत्ता-Sutra News

पहिरोमा परी ७ जना बेपत्ता

मंगलबार, १२ असार २०८०

मंगलबार, १२ असार २०८०

मङ्गलबार बिहान गएको पहिरोमा परी ७ जना बेपत्ता भएका छन् ।



चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा भारी वर्षाका कारण उनीहरू बेपत्ता भएका हुन् ।

वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ।

मङ्गलबार बिहान पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । ४०० भन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट