चालु साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ५५.६९ अंकले बढेर २१८५.११ को विन्दुमा कायम भएको छ।
२७५ सूचीकृत कम्पनीको १ करोड २८ लाख ३ हजार २०२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार तीन उपसूचकबाहेक सबैमा हरियाली छाएको छ।
लघुवित्तको उपसूचक सबैभन्दा धेरैले बढेको छ । लघुवित्तहरुको उपसूचक ८.९६ प्रतिशतले बढेको छ। फाइनान्सको उपसूचक पनि सर्वाधिक बढेको छ । स्वालम्वन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोल्टि होटल , शिवम् सिमेन्टस्, आईजीआई पु्रडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फर्स्ट माईक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।
मंगलबार ४३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लेभलमा बढेको छ । यो बर्षको सबैभन्दा धेरै सर्किट लागेको मंगलबार नै हो ।