चर्चित इकमर्श साइट अलिबाबाका संस्थापक एवं चिनियाँ खर्बपति व्यवसायी ज्याक मा आज काठमाडौं आएका छन्।
उनी बङगलादेशबाट निजी विमानमा त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। उनी तीन दिन नेपाल बस्ने बताइएको छ।
उनको नेपाल भ्रमणको उदेश्य घुमघाम मात्र हो या व्यवसायिक पनि हो भन्ने बारेमा केही सार्वजनिक भएको छैन्।
नेपालमा उनको भगिनी कम्पनी दराजले इकमर्श व्यवसाय गर्दै आइरहेको छ। यो कम्पनीले नेपालसँगै दक्षिण एसियाका बंगलादेश, श्रीलंका, पाकिस्तान एवं म्यानमारमा समेत कारोबार गर्दै आएको छ।
ज्याक मा संचारजगतको नजरमा परिरहने धनाढ्य हुन्।
कति धनी छन्?
विश्वमा धनीहरुको सूचि निकाल्ने विश्व चर्चित पत्रिका फोब्सका अनुसार उनी विश्वका धनीहरुको सुचिमा ६३ औं स्थानमा पर्छन्।
चीनका भने उनी पाँचौ धनी व्यक्ति हुन्।
उनीसँग २३.८ बिलियन अमेरिकी डलर बराबरको सम्पति छ। त्यो भनेको नेपाली मुद्रामा ३१ खर्ब २३ अर्ब ४९ करोड ५ लाख ८० हजार रुपैयाँ हो।
५८ वर्षिय ज्याक मा सन् २०१८ मा विश्वका शक्तिशाली व्यक्तिहरुको २१ औं नम्बरमा परेका थिए भने प्रविधिबाट धनी हुने भएकाहरुको सूचिमा उनी ७ औं नम्बरमा(सन् २०१७) पर्छन्।