चिनियाँ राष्ट्रप्रति सिजिनपिङसमेत रिसाएपछि किन चीन छोड्नु परेको थियो ज्याक माले?-Sutra News

चिनियाँ राष्ट्रप्रति सिजिनपिङसमेत रिसाएपछि किन चीन छोड्नु परेको थियो ज्याक माले?

मंगलबार, १२ असार २०८०

मंगलबार, १२ असार २०८०

चर्चित चिनियाँ खर्बपति ज्याक मा आज काठमाडौं ओर्लिएका छन्।



२३.८ खर्ब अमेरिकी डलर कुल सम्पति भएका ज्याक मा विश्व चर्चित इ-कमर्श साइट अलिबाबाका संस्थापक हुन्।

उनी संचारजगतमा चर्चामा आइरहने व्यवसायीमा पर्छन्। उनको लोकप्रियता आफ्नो देश चीनमा पनि ज्यादै नै छ र चीन बाहिर पनि त्यही अवस्था छ। यही कारणले उनी नियन्त्रित अर्थ व्यवस्था रहेको चीनको सरकारको मसेत तारो बन्ने गरेका छन्।

अक्टुबर सन् २०२० मा एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषण ज्याक माका लागि निक्कै महँगो सावित हुन पुगेको थियो।

भाषणमा सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरेपछि स्वयं चिनियाँ राष्ट्रप्रति सिजिनपिङसमेत रिसाएको कतिपय मिडिया रिपोर्टमा लेखिएको थियो।

यो भाषणपछि चिनियाँ सरकारले ज्याक माले प्रबर्द्धन गरेका कम्पनीमाथि कडाइ गर्न सुरु गरेको थियो।

सरकारको निसानामा परेपछि उनी लामो समय जापान र थाइल्याण्ड बसे। गत चैतमा मात्र उनी आफ्नो मुलुक चीन फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट