चीनका ५ औं धनी ज्याक माको नेपालमा पनि छ व्यवसाय, यसरी सुरु भएको थियो उनको व्यवसायिक यात्रा-Sutra News

चीनका ५ औं धनी ज्याक माको नेपालमा पनि छ व्यवसाय, यसरी सुरु भएको थियो उनको व्यवसायिक यात्रा

मंगलबार, १२ असार २०८०

मंगलबार, १२ असार २०८०

आज नेपाल ओर्लिएका चिनियाँ खर्बपति ज्याक मा को नेपालमा पनि व्यवसाय छ।



उनी नेपालको चर्चित ई-कमर्श साइट दराजका समेत मालिक हुन्। उनको कम्पनी अलिबाबाले २०७५ सालमा पाकिस्तानी कम्पनी दराज किन्दै व्यवसायिक रुपमा नेपाल प्रवेश गरेको हो।

ज्याक माले आफ्नो व्यवसायिक जीवन भने सन् १९९६ मा चाइना येलो पेजेजको सुरुवात गरेर सुरु गरेका थिए।

यसको तीन वर्षपछि ज्याक माले आफ्नो अपार्टमेन्टमा आफ्ना १७ जना साथीहरूसँग मिलेर सन् १९९९ मा ई-कमर्स वेबसाइट अलिबाबा सुरु गरे।

अलिबाबाले चीन र बाँकी विश्वका निर्यातकर्तालाई विश्वभरका कम्पनीहरूसँग जोड्ने काम गर्दछ। योसँगै अलिबाबाले ताओबाओ डटकम पनि चलाउँछ जुन चीनको सबैभन्दा ठूलो सपिङ वेबसाइट हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट