युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् ।
गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उपमेयर महतोको उजुरीको आधारमा उनलाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
महतोमाथि उपमेयरले दिएको उजुरीउपर छानबिन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यसअघि उपमेयरको कार्यकक्षमा नै प्रवेश गरी हातपात समेत गर्न खोजेको पनि आरोप छ ।
प्रतिक्रिया दिनुहोस्