सम्भवको भाइको टिकाटालोमा श्रृखंला, के सम्भव-श्रृखंलाको प्रेम पुष्टि भएकै हो त?-Sutra News

सम्भवको भाइको टिकाटालोमा श्रृखंला, के सम्भव-श्रृखंलाको प्रेम पुष्टि भएकै हो त?

मंगलबार, १२ असार २०८०

मंगलबार, १२ असार २०८०

चर्चित भ्लगर सिसन बाँनियासँगको प्रेम अनि ब्रेकअपका कारण सामाजिक संजालमा मिस नेपाल-२०१८ श्रृखंला खतिवडा बेलाबेलामा छाइरहन्छिन्।



केही समय अगाडि सिसनसँग ब्रेकअप भएपछि सिसनका श्रृंखलासँग जोडिएका अभिव्यक्तिका भिडियोहरु सामाजिक संजालमा भाइरल भए।
संजालमा श्रृंखलाको ब्रेकअप दिने धोकेबाज भन्दै आलोचना त भयो नै योसँगै उनको समर्थनमा सबैलाई आफ्नो जीवनको आफ्नै खाले व्यक्तिगत स्वतन्त्रता हुने चर्चा पनि उत्तिकै भयो।

उनी फेरी एउटा तस्बिरका कारण चर्चामा आएकी छन्। सिसनसँगको ब्रेकअपपछि उनी नेपालको अग्रणी मिडिया ग्रुप कान्तिपुर ग्रुपका मालिक कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियासँगको तस्विरका कारण पुनः चर्चामा आएकी छन्।

उनीहरुबिच प्रेम चलिरहेको भन्दै एक्का-दुक्का तस्बिर सार्वजनिक भएपनि त्यसलाई पुष्टि गर्ने ठोस कुरा बाहिरा आएको थिएन। तर, सम्भवका भाइ अनुभवको टिकाटालो कार्यक्रममा बुहारीकै शैली प्रस्तु भएपछि चाँहि उनीहरुबीच प्रेम रहेको पुष्टि भएको हो।

सार्वजनिक तस्विरमा उनले सम्भवका भाइबुहारीलाई सम्भवसँगै गएर एकसाथ आशिर्वाद दिएको देख्न सकिन्छ। सम्भवकी बुहारी मयंका राणाले पनि उनको खुट्टा छोएर आशिर्बाद लिएकी छन्।

योसँगै उनले सम्भवका बाबुआमा, भाइबुहारीसँग एकसाथ तस्विर पनि खिचेकी छन्।

सार्वजनिक भएका यी तस्विरले सिरोहिया परिवारले श्रृखंलालाई बुहारी स्वीकारीसकेको चर्चा चलेको छ।

यसअघि सम्भवको नाम अर्की मिस नेपाल नीति शाहसँग जोडिएको थियो। त्यतिबेला पनि उनीहरुबिव बिबाह हुने टुङ्गो लागिसकेका खबरहरु चलेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट