उपचार गर्न मेडिकल गएका महिला बलात्कृत-Sutra News

उपचार गर्न मेडिकल गएका महिला बलात्कृत

मंगलबार, १२ असार २०८०

मंगलबार, १२ असार २०८०

४५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एकजना मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ ।



भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरक सिंह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेला ती महिलालाई महराले आफ्नै मेडिकलमा बलात्कार र कुटपिट गरेको प्रहरीमा उजुरी परेको थियो ।

नेपाली सेनाबाट रिटार्यड भएपछि करिब २ वर्षअघि उनले घर नजिकै मेडिकल पसल सञ्चालन गरेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट