बजेटको विषयमा असन्तुष्टि जनाउँदै घोराही उपमहानगरपालिका- ८ नम्वर वडा अध्यक्ष जितेन्द्र शाहले राजीनामा दिएका छन ।
मंगलबार दिउँसो वडाध्यक्ष शाहले मेयर नरुलाल चौधरीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएको उपमेयर हुमा डिसीले जानकारी दिएकी छन्।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष शाह नेकपा एमालेबाट निर्वाचित भएका थिए। यहाँका मेयर र उपमेयर पनि एमालेका हुन्।
पटक-पटक आफ्नो वडामा बजेट हाल्ने आश्वासन दिए पनि त्यो आश्वासनमै सीमित पारेको भन्दै शाहले मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै आएका थिए ।
आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहाल्दिएको भन्दै उनले पदमा बस्नुभन्दा राजीनामा दिनु नै उपयुक्त हुने ठहर गरेर राजीनामा दिने निष्कर्षमा पुगेको बताएका थिए ।